बालकृष्ण गजुरेल

बालकृष्ण गजुरेल

खानका लागि मन्त्रालय फुटाउँछन् हामी चुप छौँ
उनीहरूकै मासु, मसला, अचार तथा पुन: सुप छौँ

कति गर्छौ भजन तथा आरति नालायकहरूका ?
मात्र पूजाको सामग्री, फूल अक्षता तथा धुप छौँ

भन्न त मानव भन्छौं गलत तथा सही छुट्याउन सक्ने
किन प्रभुका खातेदारी गर्दछौँ र त हनुमानका रुप छौँ ?

उठाउँछौँ प्रगति उन्नतिका आवाजहरू बेलाबेलामा
क्षणभरमा बिर्सन्छौँ आफ्ना आवाज र फेरि छुप छौँ ।

हेलम्बु ६, सिन्धुपाल्चोक