विकास दुलाल
झ्याउरे मारूनी सङ्गिनी आफ्ना लोकभाकै मनपर्छ
कम्मरमा सिरुपाते अनि शिरमा टोपी ढाकै मनपर्छ
संस्कार भुलेर सानैबाट कुलतमा फँस्न थाले अचेल
यी सबै देखेर नि चुप बस्ने न बाउ न त काकै मनपर्छ
अनपढ भए नि हाम्रा बा संस्कारी र धर्मी मनका थिए
त्यसैले अहिलेका अंकल भन्दा नि बूढापाकै मनपर्छ
जुलुस र नाका उन्नतिका अवरोध हुन् भन्ने जानेर पनि
सरकारको टुँडिखेल देखेपछि जुलुस र नाकै मनपर्छ
अहिलेका लुगालाई त लुगा भन्नु कि च्यात्तिएका बोरा
यी भन्दा त सधैँ लगाउने वास्कोट हाम्रा बाकै मनपर्छ
राम्रो खाएर महलमा बस्नेहरू त मतलबी हुन्छन् अरे
धनी भन्दा त बरू जसोतसो दुईछाक खाकै मनपर्छ
०००
विश्वनाथ, असम (भारत)।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला