बालकृष्ण गजुरेल

ए मजुदुर हो ! तिमी बेचिएर नपाल सामन्तीहरू
रोक रेमिटेन्स र बरु जरैबाट फाल सामन्तीहरू

कति पाल्छौ लुटेराहरू कर तिर्दै हड्डी खियाएर
अब त अति भो महँगीले सके टाल सामन्तीहरू

शीरमा राख्यौ र त सुनेनन् तिम्रा पीडाका आवाज
बने भ्रष्टको टोपी अनि बेला-बेला कपाल सामान्तीहरू

न आर्थिक उन्नति न त प्रगति छ जनताका घरघरमा
भन्छन् नयाँ नेपालको अर्को पुन: कमाल सामन्तीहरू

क्रान्तिका गफ चुटे र भए भरका धन सम्पत्ति लुटे
यी विदेशी मिसनका खिचडी, थिए दाल सामन्तीहरू

हेलम्बु-६, सिन्धुपाल्चोक