

पढेर नसकिने अनेकौं समाचार छन्
आफूलाई बेचिदेऊ भनी लम्पसार छन् ।
रंगिन दुनियाँमा रंगिन सपना बोकी
दुई दिनलाई आउने जाने हजार छन् ।
तिम्रै मनसँग खेलेर तिम्रै आँखा सामु
तिम्रै बदनाम हेर्न मानिस तयार छन् ।
दानीहरुको मेला लाग्ने तिम्रो सहरमा
न्याय रोज्नेहरू पो यहाँ दोषी करार छन् ।
सबै छन कमाउन धन्दा अनेकौं यहाँ
मायाकै किनबेच हुने पनि व्यापार छन् ।



