
दिवाकर भट्टराई
तिमीलाई भेटेर पनि बोल्न, अनुमति लिनुपर्छ
नसोच्नु मनको गाँठो खोल्न, अनुमति लिनुपर्छ
सम्बन्धको पनि आयु हुन्छ, सकिन्छ थाहा छ
जिउँदो सपना बिथोल्न, अनुमति लिनुपर्छ
शयर गर्नेहरूले कठिन यात्रा, तय गर्न सकेनन्
जोखिमपूर्ण यात्रा छिचोल्न, अनुमति लिनुपर्छ
माया जोख्ने तराजु भए, निसाफ हुन्थ्यो कि
धिक्कार तिम्रो माया तोल्न, अनुमति लिनुपर्छ
घोलिएको जहरमा बाँच्दैछ, जीवन तिम्रो मेरो
अप्रत्यासित इच्छा घोल्न, अनुमति लिनुपर्छ।
दमौली, तनहुँ



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
