

आउँछ मुस्कान गुलाबी ओठमा हजुर
अब केही त, नयाँ सुखद समाचार बनेर ।
कुराउनुको नि सीमा हुन्थ्यो होला नि
बस्नु पर्यो हजुर, निरीह बिमार बनेर ।
बानी तिम्रो शेर बन्ने रै छ थाहा भो
मै सोझो नै परे, किन तिम्रै शिकार बनेर ।
बाहाना तिम्रो जो थियो ठीकै थियो
मै किन एकोहोरो, बसे हजुर लाचार बनेर ।
फूल हाँसेको हेर्ने मान्छे पनि किन अब
हाँगै काट्छ हजुर, खै किन अत्याचार बनेर ।
हराउँछु तिम्रो यादमा नै भन्नेको पनि
देखियो हजुर, रेट्न आउँछन् तरबार बनेर ।




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू