तिलकराज चुँदाली

आक्रोशको व्यङ्गवाँण हान्दिनन् उनी
रिसाएको बेला, कुटुरो बान्दिनन् उनी।

सरल र सुखद् छ उनले बुनेको संसार
छलछाम र तिकडम जान्दिनन् उनी।

सियोले झैँ जोडजाड गर्ने बानी उनको
कैंची बन्नुमा बहादुरी ठान्दिनन् उनी।

खै के सोची चलाउँछन्, फोहोर कतिले
मुख छोपी रछानमा, ढुंगा हान्दिनन् उनी।

पौरखको आर्जन चलाउँछिन् जतनले
टुटाएर साथ, वैभव छान्दिनन् उनी।