कवाडीले मोल पाउँछ कारखानामा पुगेपछी
जसले पनि फूर्ती लाउँछ बथानामा पुगेपछी ।
हिजोसम्म दाजु भाइसँगै मिली बसौं भन्ने
छिमेकीले बोली फेर्छ सीमानामा पुगेपछी ।
पराइले फूल रोप्दा पनि आँगन मेरै हो सोचिरह्यौ
आज चेत खुल्यो आँगन बिरानामा पुगेपछी ।
आजसम्म तिमी मेरै भरोसामा बाँचेका छौ
तिमी हिँड्छौ कै नबोली ठेगानामा पुगेपछी ।
आफू रुझ्दै भएपनि उसलाई छाता ओढाइदिएँ
धन्यवादसम्म नदिइ हिँड्यो ओभानामा पुगेपछी ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
