सागर भण्डारी “विभोर”
गुनासो धेरै रहन्छ परदेशीसँग परिवारसँग
यस्तै छ जीवन, चित्त बुझाउँछु, खाली निधारसँग
आशीर्वाद छ, माया छ, विश्वास र आशा पनि रहन्छ
सँगै म नभए पनि, रमाउनु दशैँ तिहारसँग
तिम्रा मौन अधरका सवालसँग निरुत्तरित छु
निर्मम भएर हिसाब माग्छ, लाखले हजारसँग
गन्तव्यको टुङ्गो नभए पनि हिँड्नै पर्नेछ मान्छेले
कस्तो विवशता ! नदीको सम्झौता दुई किनारसँग
बगनासकाली ६,पाल्पा
हाल- अफ्रिका
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला