


मसान उपासक
बेलाबेलामा खबर नआए मनमा कति भय हुन्छ
तिमी छुट्टिएपछि सोचेँ मैले खराब पनि निर्णय हुन्छ
मृत्यु पर्खिन्छ भनेर योद्वा प्रेमिका भेट्न हिँडेथ्यो
थाहा भो समय जस्तो बलवान् मात्रै समय हुन्छ
बाले घर चलाउँदा छोराले सधैँ हजार मागेको हो
परेर बुझ्यो खल्तिमा कहिले हजार कहिले सय हुन्छ
पर्ख, देश बनाउने योजना पढ्दै छु , पढ्न देऊ मलाई
हिँड्ने बाटो जानेर गए पो मान्छे जहिल्यै विजय हुन्छ ।
बकैया –४, मकवानपुर ।



