सुमन दुलाल

मनका पीडा बिसाउने म यहाँ ठाउँ खोज्दै छु
आफ्नै लाग्छ्यौ प्रिय मेरो थरमा नाउँ खोज्दै छु

तिमीले चलायौ तीर मुटुमा म घाउ खोज्दै छु
आफ्नै भन्न मन छ तिम्रो मनमा ठाउँ खोज्दै छु

भर्नलाई सिउँदो तिम्रो म जन्तीको लाम खोज्दै छु
तिमी दुलही म दुलाहा बिहेमा नाम खोज्दै छु

सजिएको मण्डपमा तिम्रो म साथ खोज्दै छु
जिन्दगीको सुखदु:खमा म तिम्रो हात खोज्दै छु

भिजेका सिरानी सुकाउने म रात खोज्दै छु
रित्तो ममा जिन्दगी सजाउने तिम्रो साथ खोज्दै छु