

ढलाई देशको शान, के गर्दैछौ यस्तो
दुखाएर बर्तमान, के गर्दैछौ यस्तो ।।
च्यातेर टालाहरु, रुवाइ आमालाई
उफ ! देशका शैतान, के गर्दैछौ यस्तो ।।
अटल माथ सगरको, तल झार्न खोजी,
आफ्नै शिरको अपमान, के गर्दैछौ यस्तो ।।
हर मञ्चमा उस्तै, देशभक्तलाई बिर्सी,
देश द्रोहीलाई सम्मान, के गर्दैछौ यस्तो ।।
भुँडी भरी शासकको, बुद्धि भ्रष्ट गरि,
हरे ! मेरो भगवान, के गर्दैछौ यस्तो ।।



