हरेकले आफ्नो औकातमा चल्नुपर्छ
नदीले त कहीँ कहीँ बाटो बदल्नुपर्छ ।।
ऐले एउटा चाउचाउमा मुस्कुराऊ भन्छौ
भरे भान्सामा नुन तेल अड्कल्नुपर्छ ।।
आफू त पानी पिएर सास टिकाउँला
बालबच्चाका लागि ढिँडो हुडल्नुपर्छ ।।
न मजदुरी रहयो, न मजबुरी गयो हजुर
ऋण सम्झेर मुखैको गाँस ओकल्नुपर्छ ।।
मृत्युले गर्दैन भेदभाव, बुझ्दैन किन मान्छे
खेलाँची गरेमा एकदिन पीडाले जल्नुपर्छ ।।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
र यो पनि पढ्नुहोस्...
साहित्यपोस्ट
श्रावण १८, बुधबार १२:२२