मेरो आँगन सँगै तिम्रो सँघार थियो
न अवरोध गर्ने कुनै तारबार थियो ।।
र पनि भन्यौ पर्खाल चढेर आउनू
आफ्नो त अनुमति लिने संस्कार थियो ।।
थाहा छैन के सोच्नु होला तिम्रो आमाले
आजसम्म छोरालाई झै व्यवहार थियो ।।
पर्खाल चढ्नु र झ्यालबाट प्रवेश गर्नु
सबै कुरा तिम्रो निर्देश अनुसार थियो ।।
माक्स लगाई टाढै बसी बोल्नु पर्ने रे
झुर गर्यो कोरोनाले मेरो अर्कै बिचार थियो ।।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
