


गोबर्धन पूजा
एउटै जात एउटै रङ्ग यत्ति मात्र थाहा छ मलाई
या त जीउदै गाड मलाई, या त जलाउ कोरी सलाई
अझै कति नवराजले मर्नुपर्छ रुकुममा
कति रगत पिउँछस् दैव प्रेमीमाथि छुरा चलाई
गल्ती भन्नु ! यत्ति थियो, केवल उसले माया गर्यो
चोट सह्यो ,खोट सह्यो, समाजको सह्यो जलाई
आखिरीमा चाहिने त दाउराको चिता न हो
कात्रो भित्र खल्ति हुन्न, सक्दैनौ हो लान छलाई
यो पूजाले भन्छ आज जातपात अन्त्य गरौ
स्वार्थ भन्दा माथि उठी सोचौ अब सवको भलाई
बोस्टन, अमेरिका



