उसलाई एअरपोर्टबाट खाली खुट्टा परदेशीनु छ ।
त्यसको बदलामा उसले यहाँ गधा हिँड्ने रेड कार्पेट किनिदिनु छ ।
चप्पल छिन्दा फेर्ने औकात छैन उसको त्यसमाथी परदेशीदा
रेमिट्यान्सको सहाराले चप्पलेहरुलाई दरबार ठड्याइदिनु छ ।
उता शिर देखि पाउसम्म पसिनाको धारा बगेर के भो
यता तातो चिसो पानीको धारा सँगै ए.सि हिटर जोडिदिनु छ ।
उसको अङ्ग भङ्ग होस् कि कतै ज्यानको बाजी लाउनै परोस्
उसको जिम्मामा गधालाई रुघा लाग्दा अमेरीका कुदाउनु छ ।
परदेशका शेठका पाउ मोलेरै भएपनि उसले
घरदेशका जोइटिङ्ग्रेका दरबारका छाना टालिदिनु छ ।
उसलाई एअरपोर्टबाट खाली खुट्टा परदेशिनु छ ।
त्यसको बदलामा उसले यहाँ गधा हिँड्ने रेड कार्पेट किनिदिनु छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला