भुल्नु अघि अन्तिम पटक हेरियो होला
याद रहेन त्यो तस्बिरमा को थियो होला
मैले यै जिब्रोले उहाँको कुरा काटेको हुँ
बदलामा किन मेरो हात काटियो होला ?
छातीमै तिम्रो नाम खोपेथेँ, देखिनछ्यौ !
सायद मेरो थोत्रो लुगाले छोपियो होला
तपाइँले कामबाट निकालेकै क्षण लाग्यो
आजबाट मित्रताको म्याद सकियो होला
आफन्त हुँ भन्दै घरमा कोही आइपुग्यो
दुखलाई मेरो ठेगाना कसले दियो होला?
इलाम
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला