प्रकाशको गजल
जसो तसो यो ढुकढुकी चलेको छ आमा
मुर्छिँदै भुइँमा शरीर यहाँ ढलेको छ आमा ।।
खबर सुने मेरै पीरले दुब्लाउँदै गाकी छौ रे
खै किन हररात सपनीमा छलेको छ आमा ।।

टुहुराको दुःखमा साथ दिने कोनै हुन्छन यहाँ
तिम्रो यादले सताउँदा मन जलेको छ आमा ।।
सपनीमा देखे आज बिरामी भयौ कि तिमी
नसार्दै यी पाइलाहरू सार्है गलेको छ आमा