

गाउँमा गोरेटो हुन्छ सहरमा सडक हुन्छ
जनताले पाउने सुखसुविधा फरक हुन्छ ।।
कृत्रिमताले बलेको तिम्रो रुपले बताउँछ
दुईचार दिनमात्र अनुहारमा चमक हुन्छ ।।
बाँच्न र बचाउन भने पनि नचाही नचाही
विचरा गरिबले ढाँटेको हजारौँ पटक हुन्छ ।।
चलन यस्तै छ छोरी पठाउँदा रुवाबासी
नयाँ बुहारी ल्याउँदा घरैभरि रौनक हुन्छ ।।
उसैको निम्ती हातहरू उठाइन्छ मनैबाट
जसको संगठनमा प्रयासहरू अथक हुन्छ ।।




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू