प्रमिश दाहाल

आम जनता हुँ, एक्लै न देश बचाउन सक्छु

पोल्छ मन, जल्छ मुटु, न रातमा निदाउन सक्छु
रोग छ देशमा, भोक छ देशमा, अनेक शोक छ देशमा
निदाएजस्ता राष्ट्रवादी, न उठाउन सक्छु
उम्लिन्छ रगत, वार कि पार गरिदिऊँ जस्तो लाग्छ
आफ्ना को घाटी रेट्ने, न हिम्मत जुटाउन सक्छु
आँखै अगाडि लुटिदा देश, चुपचाप सहनु परेको छ
शीर ठाडो पार्नै गाह्रो भो, न झुकाउन सक्छु।