

विज्ञापन नगरी कोही सामान नलिने भयो
खेतका आलु गोलभेडा खेतमै कुहिने भयो ।।
न मल बीउ छ समयमा न बजारै सहज
यसरी किसान बिचरो ऋणमै थुनिने भयो ।।
फलाउनेलाई छलेर त्यहाँ नाफा खान धेरै
दलालहरू पसे गाउँमा किसान ठगिने भयो ।।
भाउ नपाएर भने जस्तो बाली लाउनै छाडे
लगानी नै नउठे पछि जमिन बाँझिने भयो ।।
जाल झेल कति हो कति सबैले अघाए पछि
भविष्य खोज्न किसान मुग्लान भासिने भयो ।।



