छोराको झोलुङ्गो बनेकै दिन बनेछ आमाको चिहान पनि ।
यत्ती सम्म कठोर नबन्नुपर्ने थियो भगवान पनि।।
हिजो खेल हार्नेहरु आज संसार जित्ने तरखरमा छन् ।
जित्नेले अझै आफ्नो बनाउन सकेन मैदान पनि।।
मन सुनसान् अनि धड्कन् चट्टान् बनाउन सक्नुपर्छ ।
अरे बहुत कठिन छ यो जिन्दगीको उठान पनि।।
पक्कै त्यो वस्ती ऐले निकै अध्याँरो बनेको होला ।
आज बहुत उज्यालो देखिएको छ श्मशान पनि। ।
समाज सुधार्ने कुरा गर्छ समाज रङ्याउँछु भन्छ ।
बिधुवा स्वीकार गर्न सक्दैन स्वयं एउटा विद्वान पनि।।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला