छानो चुहियो मेरो सरकार बेखबर छ ।
छोरी जवान हुँदैछे मलाई उस्को डर छ ।
*** ***
पोहोर आमा मरिन् छटपटाउँदै काखमा,
झाँक्री छिमेकी घन्टौँको पैदलमा शहर छ।
*** ***
प्रिय पुत्र! छिमेकी हेरी तिमी जिद्दी नगर,
कसरी पढाऊँ आम्दानीको दोब्बर कर छ।
*** ***
कहिलेकाहीँ यस्तो लाग्छ मरिदिन्छु भो बरु,
अर्को मनले भन्छ परिवार तेरै भर छ ।