ढलेर मरिन्छ कि लाग्छ घरमा बस्दिनँ ।।
विश्वास नै छैन कसैको भरमा बस्दिनँ ।।
– – – –
दुक्छ छाती निसास्सिएझैँ लाग्छ घरिघरि,
म भिडमा हराउँछु शहरमा बस्दिनँ।।
– – – –
तर कायर त्यति लाछी म बन्नु मूर्ख हो,
असल योद्धाले सोच्दछ डरमा बस्दिनँ।।