न नजिक भइन्थ्यो,न पीडा हुन्थ्यो घात भएर
अहिले जस्तै हामी बसेको भए अज्ञात भएर ।।

म अस्ताउन नपाउँदा नै,रात पर्न नपाउँदा नै
अरू उदाए हजुरको जिन्दगीमा प्रभात भएर ।।

जसको बेहुली भएको सपना हररात देखिन्थ्यो
म कसरी जाउँ ? उसैको बिहेमा बरियाँत भएर ।।

कुण्ठा बग्छ आँसुसंगै,रुदाँ खुसी मिल्छ र पो
आकाशले फाल्छ कालो बादल बर्सात भएर ।।

हजुर फुल्नु,मुस्कुराउनु,हजुरको पो औकात छ
सबैले कहाँ पाउँछन् र फुल्न पारिजात भएर ।।