

नरहला बाँकी बिन्ती देश बचाऊ
लुटिरहन्छ छिमेकी, बिन्ती देश बचाऊ ।।
धिक्कार्छन् पुर्खाले अनि सहिदले धिक्कार्छन्
के भन्ला इतिहासले देखि, बिन्ती देश बचाऊ ।।
हेर त आमाको शीर कसरी झुकेको छ
रुँदैछिन् घुँडा टेकी, बिन्ती देश बचाऊ ।।
खै त वीर नेपालीले आफ्नो वीरता देखाएको
दुश्मनको प्रहार छेकी, बिन्ती देश बचाऊ ।।
जाउ सिमानामा गई देश फिर्ता लिइ आऊ
जाउ बन्दुक बोकी, बिन्ती देश बचाऊ ।।




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू