
सुशीला शर्मा

सुशीला शर्मा
बोलीमा छ अपार माया देशको अति छ मोह नै
व्यवहारमा न त माया छ देशको न त मोह नै।
देशभक्ति त देखिन्छ यहाँ तर देखावटी सबैमा
भनिन्छ त्याग्नै परे पछाडि हटिन्न बरु यो देह नै।
समग्र चासो र चिन्ता यहाँ देशको सवालमा
नाम कमाउने वा दाम कमाउनेमा छ ध्येय नै।
कस्तो राजनीति भनौ कि यो लाजनीति
नगर भो लोभी पापी नजरले देशको स्नेह नै।
राजनीतिक संस्कार नै हो देश बनाउने आधार
तर कुसंस्कारको विकास भयो यहाँ निसन्देह नै।
दमक, झापा



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

Scan गर्नुहोला
