

मनिराम कंडेल
महोदय असलमा सत्य खै कहाँ भेटिन्छ
अक्सर झुट बोल्दिए मान्छे खुसी देखिन्छ
इतिहास बन्नुछ प्यारी सँगै बाँच्ने मर्ने कुरा नगर
यहाँ बिछोडिएकाहरूकै प्रेम कथा लेखिन्छ
महँगो कलमले लेखिएको भए जतन हुन्थ्यो
रगतले लेखिएको प्रेमपत्र हो त्यसैले च्यातिन्छ
काँडा हो र त उलाई कुल्चने प्रयास कोही गर्दैनन्
महोदय मखमललाई त जो कोहिले पनि कुल्चिन्छ
अहो ! हिजो भोट माग्नेले आज कमिसन मागिरहेछ
कस्तो व्यवस्था हो जहाँ सत्तामा मात्रै भिखारी भेटिन्छ।।
बाग्लुङ




साहित्यपोस्टका -
प्रकाशनहरू
साहित्यपोस्टका -
प्रकाशनहरू