विष्णुप्रसाद सुवेदी
मनभित्र पुरिएका पुराना झिलहरू, दुख्दा के गरुँ
उकल्चिएर बसेका गाँठे खिलहरू, दुख्दा के गरुँ।
अनेक प्रहार छेक्न खोज्छु अनि दुःखी ठामहरू
दुखाई भाग्छन् त्यै आलो दिलहरू, दुख्दा के गरूँ ।
मनको आगो ओझाएर जब सुस्ताउन खोज्ने गर्छु
चौदिशा फुक्दै आउँछन् अनिलहरू, दुख्दा के गरुँ।
दिनको पछि लागेर नआइदेऊ ए ! लामा रातहरू
काल समान छन् मेरा स्वप्निलहरू, दुख्दा के गरुँ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला