साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

ज्ञानेन्द्रको गजल

Chovar Blues Mobile Size

 

ज्ञानेन्द्र फुयाल

ज्ञानेन्द्र फुयाल

भ्रमरले पनि रस खान उडी फूललाई चुम्नु पर्छ
जिन्दगीको मजा लिन प्यारो मान्छे चुन्नु पर्छ ।

अन्तै के के सुनेर भन्छौ छिः तिम्रो त मुटु छैन
ढुकढुकी थाहा पाउन यो छातीमा नै सुन्नु पर्छ ।

एउटै फूल बोकी तिमी गलामा पहिर्याउन खोज्छौ
माला बनाउन थुप्रै थुँगा एउटै धागोमा उन्नु पर्छ ।

sagarmani mobile size

हतारमा त्यसै आत्तिएर किन तिमी बग्न खोज्छौ
उर्लिएको त्यो भेल रोक्न मनको बाँध थुन्नु पर्छ ।

नाफा घाटा जोड्न खोजे हिसाब मिल्दैन प्रेमको
मिलाएर बुट्टा बनाई त्यसलाई जतनले बुन्नु पर्छ ।

काठमाडौँ

प्रतिक्रिया
Loading...