साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

युवराजको गजल

Chovar Blues Mobile Size

युवराज भण्डारी

सबले राम्रोलाई छान्नु, बगरलाई बहार बनाउँछु
म नेपाली माटोले बनेको एक सरकार बनाउँछु ।

दुनियाँको अघि उनी महान् राष्ट्रवादी नेता हुन्
छिमेक पुगेर भने देशलाई तिम्रो बजार बनाउँछु ।

यहाँ भोकले लाखौं धसिए भोटले लाखौं उकासिए
जनता साथ भए यी राष्ट्रघातीलाई झार बनाउँछु ।

ऐश्वर्य, सुरा र सुन्दरीको मोहले निल्दैछ जगत यो
ईश्वर भन्थे समय अनुरूप नयाँ अवतार बनाउँछु ।

कलम र तरबारमध्ये एक रोज्न भन्छौ भने मलाई
दुवैलाई आआफ्नो भूमिकामा इमानदार बनाउँछु ।

डुम्रीबेँसी, तनहुँ
हाल: टोरन्टो, क्यानडा

प्रतिक्रिया
Loading...