जिन्दगीको परिभाषा के हो खोज्नेलाई सोध
मायाको ठोस अर्थ मृत्यु रोज्नेलाई सोध ll

भन्न त भन्यौ तिमीले साथ सधैँको हो भनेर
वास्तविकता नबुझेर हात छोड्नेलाई सोध ll

पहिलो कुराकानीमै मुटु माझ बसेका थियौ
विषको प्याला सँगै ईश्वर पुज्नेलाई सोध ll

भो चाहिँदैन तिम्रो बातैपिच्छेको प्रेम
के अर्थ यसको चितामा जल्नेलाई सोध ll

मिलन पछिको बिछोडमा बाँच्नेलाई के थाहा
स्वतन्त्र भएर खुशी जीवन चाल्नेलाई सोध ll

विराटनगर