अनिल जोशी
हरायौ रे खै तिम्रो खबर छैन
के ममाथि नै तिम्रो रहर छैन ?
तिम्रो दिल भित्र मेरो राज्य थियो
के अब मेरो कुनै शहर छैन ?
म बिना एकपल् गुज्रिदैन भन्थ्यौ
के अब म बिनाको प्रहर छैन ?
समयको साथ छुट्दै गए हात
जिउँदै मार्नु भन्दा जहर छैन ?
भरतपुर १०, चितवन
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला