साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

पवित्राको गजल

Chovar Blues Mobile Size

पवित्रा थापामगर ‘साया’

 

दिनेले दिँदै दिएन जस्तो रङ दिनुपर्ने
यता ब्युटीपार्लर अगाडि पनि उभिनुपर्ने

बिहान उठ्नेबित्तिक्कै ऐना हर्न सक्तिनँ
मेरै भाग्यमा मात्रै किन कुरूप लेखिनुपर्ने

र यो मनलाई जति सम्झाए पनि मान्दैन
जहिले सिकारीकै जालमा अल्झिनुपर्ने

कहिल्यै पनि गरेन उसले भरोसा मेरो,
माया पनि थियो खासमा जोखिनुपर्ने

कमसेकम उसले याद नगरेको दिनमा
यो ज्यानमारा बाडुली लाग्न त रोकिनुपर्ने

 

sagarmani mobile size

जोरायल ४, डोटी

प्रतिक्रिया
Loading...