लक्ष्मी स्मृति

 

वर्तमान उस्तै छ विगत उस्तै छ
यता पनि घाउ र खत उस्तै छ

रोजगार छैनस् के गाँस्छस् पिरती
जस्लाई मन परायो मत उस्तै छ

गाउँलेको हेपाईमा के दोष दिनू ?
यता दाजुभाइकै हर्कत उस्तै छ।

आको बजेट कता लान्छन् कुन्नी
जहिल्यै गाउँको हालत उस्तै छ

क्यै गर्नेलाई स्मृतिमा सजाउँ भन्यो
जो सुकै जाऊन् सोमत उस्तै छ।

विराटनगर-०५