लक्ष्मीकान्त पौडेल
फर्की हेर्ने छैन उसले, छाडिदेऊ चियो लगाउन
उज्यालोले पोल्छ हेर,छाडिदेऊ दियो जलाउन
समय छउन्जेल हेरी बस्यौ आलीबाट टुलुटुलु
सक्किसकियो दाइँ अब,छाडिदेऊ मियो समाउन
नयाँ फेसनका लुगा लगाउँछे आजकाल उसले
लगाउन्न टालेका तिम्ले, छाडिदेऊ सियो समाउन
प्रयास नै नगरी सफलता कसरी मिल्छ, भन्छौ रे
पग्लदैन ढुङ्गा कहिल्यै, छाडिदेऊ हियो फकाउन
त्यति सस्तो नि नबनाऊ सित्तैमा पाएको हो भनी
जिन्दगी कमाइदिने रून्छन् छाडिदेऊ बरियो समाउन
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला