मनिराम कँडेल मन्जिल
पाए पनि तिम्रो साथ रहने चाहना छैन
थाहा छ त्यो दिलमा प्रेमको खजाना छैन
घर जलाउनेहरूलाई सजाय तोकियो यहाँ
कठै ! मन जलाउनुहरूलाई हर्जाना छैन
संसार बिर्सेर तिमीसँग रमेको पछुतो छ अहिले
भन्दै त थिए यारहरू चोखो प्रेमको जमाना छैन
दशकौँ बित्यो सायद अब त घाउ पनि पुरियो
के देखाऊँ अब तिमीले दिएको नजराना छैन
देख्नेहरूले घडीका सुईहरूकै तँछाडमछाड देखिरहेछन्
देख्न धेरै बाँकी छ त्यसैले त यहाँ ब्याट्रीको सराहना छैन
ताक्नु पूर्व नै बेहोस हुन्छ यदि शिकार भने
यत्ति बुझ अब लगाइरहनु पर्ने कुनै निशाना छैन ।
बाग्लुङ
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला