साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

हुनुपर्छ

गजल

Chovar Blues Mobile Size

जो गरिरहन्छ बिग्रिरहन्छ दिकदार हुनुपर्छ
त्यो मान्छे अथवा त्यो काम नै करार हुनुपर्छ

अनपेक्षित हमला हुन्छ छानबिन हुँदैन भने
त्यो हमला गराउने देशको सरकार हुनुपर्छ

गरिब भएको सजायमा छोरा कुमार बस्यो
अचम्म छ कन्या भित्र्याउन दरबार हुनुपर्छ

गरिब माथि झुट् आश्वासन बाँढेको छ भने
ऊ राजनीतिक पार्टीको उम्मेदवार हुनुपर्छ

भनिरहे बारम्बार घायललाई पाउनु छ भने
दुवै जनाको दिलभित्र दोहोरो प्यार हुनुपर्छ ।

हलेसी तुवाचुङ दुर्छिम ५, खोटाङ

प्रतिक्रिया
Loading...