साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

लिलाको गजल

Chovar Blues Mobile Size

जस्तो भोग्यो उस्तै हुन्छ जिन्दगी
छिनमै हाँस्छ छिनमै रुन्छ जिन्दगी ।।

माया हो के तिमी बोलिन भन्छ्यौ
बोल्नै खोज्छु मुख थुन्छ जिन्दगी ।।

जब प्रमाणपत्र आउँछ डिग्रीको
युरोप उड्ने सपना बुन्छ जिन्दगी ।।

म दुश्मनलाई प्रेम गर्छु आखिर
जलेर खरानी नहुने कुन छ जिन्दगी ।।

प्रतिक्रिया
Loading...