कस्को थियो गल्ती तिमीलाई के लाग्छ
र, किन छुट्टियौँ हामी तिमीलाई के लाग्छ

प्रेममा पागल भएपछि पिउन थालेको हुँ
म पागल कि सराबी तिमीलाई के लाग्छ

छाडिदियौ बिचमै अनि हालखबर सोध्छौ
कस्तो होला जिन्दगी तिमीलाई के लाग्छ

आँफूले आफ्नो अनुहार हेर्दै गर्दा ऐनामा
देखेर आफ्नै बैमानी तिमीलाई के लाग्छ

मलाई छाडेर नजाने मेरै कसम खाएकिथ्यौ
अब मर्छु या बाँच्छु प्यारी तिमीलाई के लाग्छ

बानेश्वर, काठमाडाैँ