तिम्रो भागमा फूल पर्यो।
मलाई भने भूल पर्यो ।।
एक्लो एक्लो छु म अचेल ।
तिम्लाई भने हुल पर्यो ।।
बर्खे भेलमा म डुबे ।
तिम्लाई तर्ने पुल पर्यो ।।
खडेरी झै सुक्दै गएँ ।
तिम्लाई सधैँ मूल पर्यो ।।
तिम्रो भलो सोँच्दा पनि ।
किन भन्छौ शूल पर्यो ।
रौतहट, हाल लुभु ललितपुर
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला