तिम्रो मिठो मुस्कानसँगै रमाउन खोज्दै थिएँ
साथ हुन्थ्यौ तिमी पनि नियाल्दै म भित्रको म ।
कति आए होलान् बाधाका पर्खालहरु ओइरिएर
पन्छाउन खोज्दै थिएँ धुला मैला कसिंङ्गरहरु म ।
बाढीले हुत्याए झैँ हुत्तियौ तिमी अर्कै भेलसँग
आगमनका आशाहरु पलपल रुँग्दै हिँड्थेँ म ।
सम्झन्छु त्यो स्वर्ग रुपी आलिङ्गनका स्पर्शहरू
साथ तिम्रो थियो मेरो अनि हामी भित्रको म ।
मुटु भित्र ठोकेको थियौ तिमीले प्रीतको किलो
तिम्रो दर्दमा बिझेको घाउमा निथ्रुक्कै थिएँ म ।
सयौँ बाचाहरु, हजारौँ भेटहरु, लाखौँ शब्दहरु
साक्षी थियो धड्कनको चाल कसरी बिर्सुँ म
तिम्रो लपक्कै भिजेको अधरले खिचिरहे झैँ
सामीप्यतामा लुकेको अनुरागको घात छु म ।
चर्किन्छ मन कहिले हिउँ झै कठ्याँङग्रिन खोज्छ
सम्झनाको इतिहास कुँड्दै कथा रचिरहेछुँ म ।
काठमाडौं



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
२ मंसिर २०८२, मंगलवार 










