

गहिरिएर गर माया गर्न सजिलो छैन।
मीठा वातले मात्र घाउ भर्न सजिलो छैन ।।
विछोडिएकालाई सोध विछोड कस्तो हुन्छ ।
बसेको दिल अन्त कतै सार्न सजिलो छैन।।
मात्र खोला देखेकाहरूलाई के थाहा।
जीर्ण नाउद्वारा सागर तर्न सजिलो छैन।।
तिमी महलमा बस्छौ त्यसैले बुझ्दिनौ सायद ।
हरेक हिउँद बर्खा झुपडी बार्न सजिलो छैन।।
छोरो नयाँ कपडाको सपना देखि देखि निदाउँछ।
हरेक दिन भोलि भोलि भनी टार्न सजिलो छैन।।
बाग्लुङ



