अमर श्रेष्ठ

अमर श्रेष्ठ

जित्नुको खुसी के हो रै छ, हार्दा पो थाहा भयो
माछीलाई झैँ बडो जालमा, पार्दा पो थाहा भयो

लोकतन्त्रको देश हो यो, सबैलाई समान भन्थे
चौकीदारले गेटगेटमा आज, बार्दा पो थाहा भयो

सफल्ताको शिखर चुम्न, सँगसँगै बढौँ भन्दा
पारेर माछो माछो भ्यागुतो झैँ, टार्दा पो थाहा भयो

सगरमाथा झैँ शिर ठाडो पार्थेँ, नेपाली हुँ भनेर
रातारात छिमेकीले जंगे पिलर, सार्दा पो थाहा भयो ।

दिक्तेल, खोटाङ