हेर्नुभयो ! देख्नुभयो ! अब बिचार के गर्नु ?
कुरूप छु ! यति बुझेर पनि श्रिङ्गार के गर्नु ?
न बेच्न नै मिल्छ न त ब्याज नै पाक्छ
आफैसगँ राखेर यो सस्तो प्यार के गर्नु ?
सुख छ, सजिलो छ ! ठूलो निधार पनि छ
तिमी नलेखिएको भाग्यको आकार के गर्नु ?
गाली गर्छन, लात मार्छ्न, हेप्छन क्या खुब
बा हुन यार बा ! उठाएर हतियार के गर्नु ?
आयु हुन्जेल न काल आउँछ न अनिकाल
म मर्छु मर्छु भनेर मात्र बारम्बार के गर्नु ?
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला