दिवाकर भट्टराई

दिवाकर भट्टराई

अब सम्बन्ध जोड्नुछ, शरीर छोप्ने च्यादर सँग।
चिसो रात विताउन सक्छौ, एउटा स्वीटर सँग!

जब शीतलहर चल्छ,ओत लाग्ने धर्मशाला हो
चिसो लाग्न पहिले जित्न सक्नुपर्छ, डर सँग।

मौका देखाएर, पैसामा प्रेम दाजेको होइन !
अब उधारो हिसाबकिताब हुँदैन, सहर सँग।

हराएका सामान र मानिस फर्केर आएनन्
कसरी मुकाबिला गर्न सक्छौँ, नजर सँग।

बाँच्नु जरुरी थियो, मृत्युले पालो पर्खिरह्यो
तिमी दुखी रहेनछौ, म मरेको खबर संग।

दिवाकर भट्टराई
दमौली, तनहुँ