पवनकुमार बुढाथेाकी
तिमी नै त हौ नि जिन्दगीको खास मेरो
मैले अझैसम्म कुरिरहेको त्यो आस मेरो !
तिमी मेरो जिन्दगीको बासना र स्वाद
तिमी चैँ हुनुपर्छ है सधैँ पास मेरो !
तिमी अरुसँग त देखिनु नै हुन्न प्रिया
बिन्ति, सधैँ दिलमा फोटो चैँ टाँस मेरो !
तिमीबाहेक कोही कसैको चाह रहँदैन
तिमी नै त हौ प्रिया मन परेको गाँस मेरो !
सम्झ, तिमी बिनाको यो मेरो जिन्दगी
गतिहीन र सम्वृद्धिविहीन लास मेरो !
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला