– रासा
दिन-दिनै मर्छु बाँचुञ्जेल ।
मृत्यु सामु पर्छु बाँचुञ्जेल ।
एकै ठाउँ बसें खुसी साथ ,
अब डेरा सर्छु बाँचुञ्जेल ।
उँभो कति लाग्नु थकानमा ,
उँधो पनि झर्छु बाँचुञ्जेल ।
मरी लानु छैन यहाँबाट ,
गोजी चाहिँ भर्छु बाँचुञ्जेल ।
बगरमा छोडी सबै कुरा ,
एक्लै खोला तर्छु बाँचुञ्जेल ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला