साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

दिवाकर भट्टराईको गजल

Chovar Blues Mobile Size
दिवाकर भट्टराई
मौनताले हजार शब्द बोलेको आभास भयो।
जस्को निम्ति दिल धड्कन्छ, उस्कै खास भयो।
सँगै रहेर पनि साथ छैन भने, यसरी जान्नुस्!
शरीरलाई चाहिँदा लिने र फ्याँक्ने सास भयो।
sagarmani mobile size
ए बादल, म तिमीसँग सन्देश पठाउन चाहन्थे!
धर्तिमा बरालिदैछु, जब गन्तब्य आकाश भयो।
आँखा चिम्लेर, विश्वास गरेर सुकाएको बिस्कुन
सपनाको एक बहाव उडाई लैजाने बतास भयो।
जिन्दगीको वास्तविकता यहीँ रहेछ बुझ साथी!
जस्ले नराम्रो चाहन्छ,हो उसैको सर्वनाश भयो।
दमौली, तनहुँ
प्रतिक्रिया
Loading...