कोइराला मनिषा

कोइराला मनिषा

सन्सारभरि रोगभोक शोक अनि पीर छन्
मन चकमन्न अनि रहरहरू स्थिर छन्

आत्मा भन्दा अन्त कतै, दैव छैनन् थाहा भयो
छन त छ्न् वरिपरि चर्च मस्जिद मन्दिर छ्न्

सहन पो गाह्रो आज, भोलि पालो पक्कै आउला
राख तिम्रा वैसाखहरू, मेरा पनि मङ्सिर छन्

लड्नु पर्छ बोल्नु पर्छ, दबिएर त बस्नै हुन्न
कानुन कहाँ छ र हजुर ? यहाँ अनेक नजिर छ्न्

प्रतिष्ठा इज्जत भन्नु उँचो महल पैसा रैछ
आफू मात्रै होइन म त, साथी पनि फकिर छन्